काठमाण्डौ । छ्याङ्दी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत जेठ २३ गतेदेखि असार २७ गतेसम्म शतप्रतिश हकप्रद जारी गरेको थियो । सोही हकप्रद आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि उक्त हकप्रद सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।