बिहीबार, भाद्र १२,२०८२ 01:20:07
  • बिहीबार, भाद्र १२,२०८२ 01:20:07
Global IME Bank Limited

चिनियाँ स्टक एक दशककै उच्च

Hyundai Nepal
चिनियाँ स्टक एक दशककै उच्च
Shivam Cement

काठमाण्डौ । चिनियाँ स्टकहरु एक दशककै उच्च कायम भएका छन् । सरकार समर्थित संस्थाहरुको सहयोग र ठूला लगानीकर्ता बजार प्रवेशका कारण चिनियाँ सेयर बजारमा सूचीकृत कम्पनीहरुको सेयरमूल्य एक दशककै उच्च पुगेको हो ।  

यतिबेला चिनियाँ सेयरबजारमा रिटेल मनि समेत बिस्तारै प्रवेश भईरहेकाले यसले लामो समय सुस्ताएको बजारलाई पुनर्जिवित गराउने विश्वास गरिएको छ । रोयटर्सका अनुसार साङघाई कम्पोजिट इन्डेक्समा कारोबार गर्ने कम्पनीहरुको सेयरमूल्यमा राम्रो वृद्धि देखिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकहरमा रहेको न्यून ब्याजदरका कारण लगानीकर्ताले बिस्तारै आफ्नो लगानी सेयरबजार तर्फ लगाउने विश्लेषकहरुले बताएका छन् ।  

यतिबेला आउटस्ट्याण्डिङ मार्जि फाइनान्सिङ २.१८ ट्रिलियन युआन(३०४.७७ बिलियन डलर)पुगेको छ । जुन सन् २०१५ पछिकै उच्च हो । यस्तै चिनियाँ बोण्डको तुलनामा स्टकको प्रतिफल समेत बढी रहेको छ ।  

चिनियाँ बीमक, म्युचुअल फण्ड र ईटीएफले लगानी गरेका कम्पनीहरुको सेयरमूल्य बढेका छन् । सरकारले संस्थागत लगानीकर्ताको मनोबल बढाउने गरी नीतिहरु ल्याएकाले यस्तो भएको जनाइएको छ ।  

यतिबेला चिनियाँ बजारमा अल्पकालिन भन्दा पनि दीर्घकालिन लगानीको दबदबा रहेको जनाइएको छ । यस्तै नयाँ दर्ता भएका प्राइभेट सेक्युरिटीहरु जुलाई महिनामा सन् २०२१ पछिकै उच्च पुगेको छ । यसले उच्च नेटवर्थ भएका लगानीकर्ता समेत बजार प्रवेश गरेको संकेत गरेको छ ।  

यद्यपी रिटेल लगानीकर्ताले अपेक्षा अनुरुप नयाँ खाता भने खोलिरहेका छैनन् । यस्तै विदेशी लगानीकर्ताले पनि ठूलो लगानी गरेका छैनन् । यसले ठूलो लगानी साइडलाइनमा रहेको र त्यो जुनसुकै बेला पनि बजार प्रवेश गर्न सक्ने सम्भावना रहेको जनाइएको छ ।    

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.