काठमाण्डौ । विश्वका विभिन्न सेयरबजारमा आज नयाँ रेकर्ड बनेका छन् । आज जापानको इन्डेक्स निक्की २२५, दक्षिण कोरियाको कोस्पी र सिङगापुरको सेयरबजारले नयाँ उचाई हासिल गरेका हु्न् ।
आज निक्की ४४ हजार ३७२ , निफ्टी५० २५ हजार ५, कोस्पी ३ हजार ३४४ र संघाई इन्डेक्स ३ हजार ८७५ विन्दुमा बन्द भएको छ ।
गत बुधबार अमेरिकाको एसएण्डपी ५०० ले पनि नयाँ रेकर्ड बनाएको थियो । यसअघि राष्ट्रपति ट्रम्पको ट्यारिफ नीति , मूद्रास्फीति तथा अन्तरदेशिय राजनीतिक प्रभावको कारण घटेको अमेरिकी बजारमा फेरि उछाल आएको हो ।
यस्तै बुधबार एसएण्डपी५०० ६ हजार ५३२ विन्दुमा बन्द भएको थियो । त्यसैगरि नास्डक २१ हजार ८८६ को विन्दुमा कारोबार भएको छ ।