• आईतवार, भाद्र २९,२०८२ 09:50:08
Global IME Bank Limited

एसवाई प्यानलको आईपीओ निष्कासन स्थगित

Hyundai Nepal
एसवाई प्यानलको आईपीओ निष्कासन स्थगित

काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले आजदेखि निष्कासन गर्ने भनिएको आईपीओ स्थगित भएको छ । कम्पनीले भदौ २९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको थियो ।  

कम्पनीले हाल देशमा उत्पन्न विषम परिस्थितीका कारण उक्त आईपीओ निष्कासन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु। १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।  

जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु। १०० अंकित दरका २ लाख ६१ हजार ६२७ सय कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात ४ लाख ९७ हजार ०९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.