काठमाण्डौ । काठमाण्डौ महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै विभिन्न टिकाटिप्पणी गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति बोलन शाहले पनि प्रतिक्रिया जनाएका छन् । बालेन शाहले साम्पाङलाई सम्बोधन गर्दै फेसबुकमा एउटा पोष्ट गरेका छन् ।
जसमा बालेनले हर्कलाई साँचो माया गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यु आर माई ट्रु लभ ।’
जेनजी आन्दोलनपश्चात सरकारविहिन बनेको अवस्थामा हर्क साम्पाङ प्रधानमन्त्री बन्ने महत्वाकांक्षा बोकेर काठमाण्डौ आएका थिए । तर जेनजी समूहको सहमति अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त भईसकेकी छन् । कार्कीलाई मेयर बालेनले समत समर्थन गरेका थिए ।
आफू प्रधानमन्त्री बन्न नपाएको र यसक्रममा आफूलाई बालेनबाट कुनै समर्थन नभएको भन्दै पछिल्लो समय हर्क साम्पाङले साम्पाङ विरुद्ध विभिन्न टिकाटिप्पणी गरिरहेका छन् ।
हर्क साम्पाङ र बालेन शाह दुवै जना स्वतन्त्र रुपमा मेयरमा निवार्चित भएका व्यक्ति हुन् ।