काठमाण्डौ । जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको सम्मानस्वरूप आज देशभर राष्ट्रिय शोक मनाइँदैछ । सो अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । आज शैक्षिक संघ–संस्था, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानहरु बन्द रहनेछन् ।
मन्त्रिपरिषद्को भदौ ३० गतेको बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गर्दै सार्वजनिक बिदाको घोषणा गरेको थियो । बैठकले नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।