काठमाण्डौ। समाज लघुवित्तको सेयरमा दोस्रो दिन पनि नेगेटिभ सर्किट लागेको छ । आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात २३१ रुपैयाँले घट्दै प्रतिकित्ता २ हजार ८४ रुपैयाँमा सीमित बनेको छ ।
यो सँगै यो कम्पनीको सेयरमूल्य २ दिनमा ५ सय रुपैयाँले घटेको छ । खेलाडीले उचालेको यस कम्पनीको सेयरमूल्य गत कार्तिक महिनामा ४ हजार १०१ रुपैंयाँ सम्म पुगेको थियो । मंगलबार यो कम्पनीको कारोबार प्रतिकित्ता २ हजार ५२१ रुपैयाँमा खुलेको थियो । मंगलबार कम्पनीको सेयर १० प्रतिशत अर्थात २५७ रुपैयाँले घटेर प्रतिकित्ता २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
यो समचार तयार पार्दा सम्म कम्पनीमा कुनै पनि लगानीकर्ता सेयर खरिद गर्न तयार रहेका छैनन् । समाज लघुवित्तसँग मर्जमा गएको अर्को कम्पनी ग्रामीण विकास लघुवित्तको सेयरमूल्य भने १ प्रतिशतले बढेर प्रतिकित्ता ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
तर समाज लघुवित्तका लगानीकर्ताहरुले भने एक वर्षको अवधिमा आधा भन्दा बढीले सेयरको मुल्य घटेको छ । यसबाट प्रष्ट हुन्छख की खेलाडीले उचालेका कम्पनीमा कसरी सर्वसाधारण फस्ने गर्छन । प्रायाः खेलाडीले लो क्याप भएका कम्पनी ग्रुप कारोबार गरेर उच्च मूल्यमा पुर्याएका हुन्छन् । जहाँ सर्वसाधारण लगानीकर्ताले थप मूल्य बढ्ने आशामा सेयर खरिद गरेका हुन्छन् ।