काठमाण्डौ। समाज लघुवित्तको सेयर मूल्यमा लगातार तेस्रो दिन नेगेटिभ सर्किट लागेको छ । आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले अर्थात २०८ रुपैयाँले घटेर प्रतिकित्ता १ हजार ८७५ रुपैयाँमा सीमित बनेको छ । मंगलबार प्रतिकित्ता २ हजार ५२१ रुपैयाँमा कारोबार खुलेको यो कम्पनीको सेयर त्यसपछि लगातार ३ दिन १० प्रतिशतले घटेको छ ।
यो समाचार तयार पार्दासम्म कम्पनीमा कुनै पनि लगानीकर्ता सेयर खरिद गर्न तयार रहेका छैनन् ।
यस्तै समाज लघुवित्तसँग मर्जमा गएको अर्को कम्पनी ग्रामीण विकास लघुवित्तको सेयरमूल्य पनि आज १ प्रतिशतले घटेर ७८० रुपैयाँमा कारोबार भईरहेको छ ।
समाज लघुवित्तका लगानीकर्ताहरुले भने एक वर्षको अवधिमा आधा भन्दा बढीले सेयरको मुल्य घटेको छ । यसबाट प्रष्ट हुन्छख की खेलाडीले उचालेका कम्पनीमा कसरी सर्वसाधारण फस्ने गर्छन । प्रायाः खेलाडीले लो क्याप भएका कम्पनी ग्रुप कारोबार गरेर उच्च मूल्यमा पुर्याएका हुन्छन् । जहाँ सर्वसाधारण लगानीकर्ताले थप मूल्य बढ्ने आशामा सेयर खरिद गरेका हुन्छन् ।