काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले वार्षिक साधारणसभा डाकेको हो ।
बैठकले उक्त सभा आगामी कात्तिक ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित नागरिक स्टक डिलरको सभाहलमा बिहान ८ बजेबाट सुरु हुनेछ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
यस्तै, लेखाप्रीक्षकको प्रतिवेदनसहितको असार मसान्तसम्मको वित्तीय विवरण(वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण) लगायत वार्षिक विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।