काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो ।
सभा आगामी कात्तिक २१ गते काठमाण्डौको हात्तिसारमा रहेको लक्ष्मी कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आव २०८१/८२ को संचित मुनाफाबाट सेयरधनीहरुलाई कर सहित ७ करोड़ ७१ लाख ९४ हजार ७३६ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने, आव २०८२/८३ को लागि लेखापरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।