काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.४७ रुपैयाँ र बिक्रीदर १४१.०७ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १६४.१५ रुपैयाँ र बिक्रीदर १६४.८५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८८.७३ रुपैयाँ र बिक्रीदर १८९.५३ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.१९ रुपैयाँ र बिक्रीदर ९१.५८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.२४ रुपैयाँ र बिक्रीदर ३८.४१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७२ रुपैयाँ र बिक्रीदर १९.८० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.२४ रुपैयाँ र बिक्रीदर ३३.३८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.५४ रुपैयाँ र बिक्रीदर ३८.७० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८९ रुपैयाँ र बिक्रीदर ९.९४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५९.३८ रुपैयाँ र बिक्रीदर ४६१.३४ रुपैयाँ कायम भएको छ ।