शनिबार, असार २०,२०८३ 09:43:38
Bizshala
  • शनिबार, असार २०,२०८३ 09:43:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूर्वऊर्जामन्त्री दीपक खड्का जलेको घरअगाडि सार्वजनिक: ‘म भागेको छैन, सरकारसँग डराउँदिनँ’

'आन्दोलनकारीले ढोका ढ्याङ ढ्याङ गरे:, खाना खान पाइनँ, बच्चालाई पनि खुवाउन सकिनँ’

Laxmi Sunrise Bank Limited
पूर्वऊर्जामन्त्री दीपक खड्का जलेको घरअगाडि सार्वजनिक: ‘म भागेको छैन, सरकारसँग डराउँदिनँ’

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासअगाडि मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक भएका छन्। 

गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई अमेरिका भागेको आरोप लगाएको भोलिपल्ट खड्काले सरकारको दाबीलाई खण्डन गर्दै आफू कतै नभागेको र सरकारसँग नडराउने स्पष्ट पारे।

New Office
CG Motors
Garima Development Bank

‘के सरकारले मलाई वारेन्ट जारी गरेको छ? मलाई बाहिर जान रोक लगाएको छ ?’ खड्काले पत्रकार सम्मेलनमा प्रश्न गर्दै भने, ‘म भागेको भन्ने कुरा कसरी मिल्छ ? साना कुराले मलाई छुँदैन, म डराउँदिनँ।’

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफू घरमै रहेको खड्काले बताए। उनले आन्दोलनकारीहरूले घरको ढोका ढकढकाएर आक्रमण गर्न थालेपछि खाना खान नपाएको गुनासो गरे। ‘म खाना खाँदै थिएँ, आन्दोलनकारीहरूले ढोका ढ्याङ-ढ्याङ गरे। खाना खान पाइनँ, बच्चालाई पनि खुवाउन सकिनँ,’ उनले भने, ‘अंगरक्षकहरूले मलाई सुरक्षित ठाउँमा लैजानुभयो।’

खड्काले त्यस दिन छिमेकीको घरमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा शरण लिएको जानकारी दिए। ‘म छिमेकीकोमा बसेँ, राति त्यहाँबाट निस्केर सेनाको क्याम्पमा गएँ,’ उनले भने, ‘त्यसपछि तराईमा तीन-चार दिन बसेँ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले तराईबाट सोझै उपचारका लागि भारत गएको र त्यहाँ डेंगुको उपचार गरेको बताए। ‘म, मेरी श्रीमती र बच्चा बिरामी थियौं। भारतमा केही मन्त्रीहरूसँग भेटघाट पनि भयो,’ खड्काले भने।

वर्तमान सरकारबारे टिप्पणी गर्न नचाहेको बताउँदै उनले भने, ‘सरकारले निर्वाचन घोषणा गरेको छ, यो परिस्थितिजन्य सरकार हो। मुलुकको जिम्मेवारी राजनीतिक दल र नागरिकले लिनुपर्छ।’ खड्काले आफू कुनै पनि आरोपबाट विचलित नहुने र डटेर सामना गर्न तयार रहेको दृढता व्यक्त गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.