काठमाण्डौ । एसवाई प्यानल नेपाल लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले उक्त आईपीओ कात्तिक २ गते बाँडफाँड गरेको हो ।
निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएका ३ हजार ५९ जना आवेदकलाई २ लाख ६१ हजार ६२७ कित्ता आईपीओ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी निष्कासन गरिएको सेयर बाँडफाँडमा परेका आवेदकहरुको विवरण प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । उक्त आईपीओको बाँडफाँडमा आंशिक/नपरेको सेयरबापतको रकम कात्तिक ११ गतेदेखि सम्बन्धित आवेदकहरुको खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ ।
कम्पनीले गत असोज ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो ।