काठमाण्डौ । नेप्सेमा नेपाल एसबिआई बैंक लिमिटेडको डिबेञ्चर सूचीकृत भएको छ ।
बैंकको १० वर्षे अवधि तथा ७ प्रतिशत ब्याजदर रहेको ‘७५ नेपाल एसबिआई बैंक डिबेञ्चर २०९०’ नामक ऋणपत्र ‘एसबीआईडी२०९०’ सिम्बोलबाट सूचीकृत भएको हो ।
बैंकको १००० रुपैयाँ चुक्तामूल्य रहेको कुल ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । योसँगै भोलिदेखि दोस्रो बजारमा बैंकको डिबेञ्चरको कारोबार खुल्नेछ ।

