काठमाण्डौ । गुगलको मूल कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले आर्टिफिसियल इन्टेलिजेन्स(एआई)लाई ‘आँखा चिम्लिएर’ विश्वास गर्न नहुने बताएका छन् । बीबीसीसँगको एक विशेष अन्तर्वार्तामा, सुन्दर पिचाईले एआई मोडेलहरू गल्ती गर्ने प्रवृत्तिका हुने भएकाले मानिसहरूले तिनीहरूलाई अन्य उपकरणहरूसँग संयोजनमा प्रयोग गर्नुपर्ने बताए ।
पिचाईले भने, ‘यसले सूचनाको इकोसिस्टम विविध र धनी हुनुको आवश्यकता देखाउँछ, जसले गर्दा मानिसहरू एआई प्रविधिमा मात्र निर्भर नहोस्।’
सुन्दर पिचाईले एआईमा भईरहेको लगानीको बारेमा समेत चेतावनी दिए।
सिलिकन भ्याली र अन्य ठाउँमा बबल बनिरहेको आशंका भईरहेको बेला उनको यस्तो अभिव्यक्ति आएको हो । हालैका महिनाहरूमा एआई टेक कम्पनीहरूको मूल्य द्रुत रूपमा बढेको छ र धेरै कम्पनीहरूले यस उदीयमान उद्योगमा ठूलो लगानी गरिरहेका छन्।
उनले एआई बबलको असर सबै टेक कम्पनीहरुमा पर्न सक्ने समेत दाबी गरे ।

