शुक्रबार, मंसिर १२,२०८२ 07:23:24
Bizshala
  • शुक्रबार, मंसिर १२,२०८२ 07:23:24
Bizshala
Global IME Bank Limited

हङकङमा आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुग्यो, २०० जना अझै बेपत्ता

Hyundai Nepal
हङकङमा आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुग्यो, २०० जना अझै बेपत्ता
Shivam Cement

काठमाण्डौ । हङकङमा बुधबार दिउँसो सुरु भएको भीषण आगलागीपछि ताइ पोको वाङ फुक कोर्ट आवासीय कम्प्लेक्समा उद्धार कार्य शुक्रबार समापन भएको अधिकारीहरूले बताएका छन्। यो आगलागी पछिल्लो ८० वर्षकै सबैभन्दा घातक मानिएको छ । जसमा १२८ जनाको मृत्यु भएको र करिब २०० जना अझै बेपत्ता रहेका छन्।

आगलागी ३२–तले आठवटा ब्लकमध्ये सातवटामा तिव्र रुपमा फैलिएको थियो। सुरक्षा प्रमुख क्रिस ट्याङका अनुसार आगलागीपछि भवनभित्र विस्तृत अन्वेषणका क्रममा थप शव भेटिन सक्ने सम्भावना रहेको छ । उनले भवनभित्रका फायर अलार्महरू ठीकसँग नचलिरहेको समेत बताए।

४,६०० भन्दा बढी मानिस बसोबास गर्ने यो आवासीय क्षेत्र पछिल्ला महिनाबाट मर्मतसम्भारका लागि बाँसको स्काफोल्डिङ र हरियो जालीले ढाकिएको थियो, जसले आगलागी फैलिन थप कारण बनेको हुनसक्ने आशंका व्यक्त गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

अहिलेसम्म ७९ जना घाइते भएको पुष्टि भएको छ । जसमा १२ जना दमकलकर्मी पनि छन्। ‘अब हाम्रो काम भवनको तापक्रम घटाएर सुरक्षित बनाउनु र त्यसपछि प्रमाण संकलन तथा थप अनुसन्धान गर्नु हो, ट्याङले भने।

शुक्रबार दर्जनौँ मानिसले जलेर कालो बनेका भवनहरूअगाडि फूल अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

परिवारजनले उद्धारकर्मीले खिचेका तस्वीरमार्फत आफन्तलाई चिन्ने प्रयास गरिरहेको जनाइएको छ। १२८ मृतकमध्ये ३९ जनामात्रै पहिचान भएको अधिकारीहरूले बताएका छन् ।

सयौँ स्वयंसेवीहरूले पीडितहरूका लागि खाना, लत्ताकपडा, डायपरलगायत सामग्रीहरू सङ्कलन र वितरण गरिरहेका छन्। शपिङ मल छेउमा ठूलो सहायता शिविर पनि स्थापना गरिएको छ।

यो आगलागी हङकङमा १९४८ को गोदाम आगलागीपछिकै सबैभन्दा घातक हो, जसमा १७६ जनाको मृत्यु भएको थियो। गत वर्ष नै बासिन्दाले मर्मत कार्यका कारण बढ्दै गएको आगलागी जोखिमबारे उजुरी गरेका थिए।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Bizshala

पुलिसले वाङ फुक कोर्टको मर्मतसम्भार गर्ने प्रेस्टिज कन्स्ट्रक्सनका दुई निर्देशक र इन्जिनियरिङ् सल्लाहकारलाई म्यानस्लोटर आरोपमा पक्राउ गरेको छ।

उनीहरूलाई झ्यालहरू अवरुद्ध गर्न ज्वलनशील फोम बोर्ड प्रयोग गरेको आरोप छ।

हङकङका प्रमुख जोन लीले ३० करोड हङकङ डलरको राहत कोष स्थापना गर्ने घोषणा गरेका छन्। यस्तै चीनका ठूला कम्पनीहरूले पनि सहयोग घोषणा गरेका छन्।

विशेष प्रशासनिक क्षेत्रको रूपमा हङकङमा राजनीतिक नियन्त्रण कडा बनाइरहेको बेला यो दुर्घटना सरकारप्रति आक्रोश बढाउने सम्भावित चुनौतीका रूपमा हेरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.