काठमाण्डौ । अमेरिकी डलरको भाउले आजपनि नयाँ रेकर्ड कायम गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो ।
अघिल्लो दिनपनि डलरको भाउले रेकर्ड बनाएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४३.५० रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ कायम भएको थियो।
यस्तै आज यूरो र पाउण्डको भाउ समेत बढेको छ । आज एक यूरोको खरिददर १६७.९५ रुपैयाँ र बिक्रीदर १६८.६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६६.५७ रुपैयाँ र बिक्रीदर १६७.२७ रुपैयाँ निर्धारण भएको थियो।
आज एक पाउण्ड स्टर्लिङको खरिददर १९१.४३ रुपैयाँ र बिक्रीदर १९२.२३ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको खरिददर १८९.४३ रुपैयाँ र बिक्रीदर १९०.२२ रुपैयाँ कायम थियो ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९४.८७ रुपैयाँ र बिक्रीदर ९५.२६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२१ रुपैयाँ र बिक्रीदर ३९.३७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.३९ रुपैयाँ र बिक्रीदर २०.४७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.९३ रुपैयाँ र बिक्रीदर ३५.०७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.५२ रुपैयाँ र बिक्रीदर ३९.६८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८३ रुपैयाँ र बिक्रीदर ९.८७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६९.३९ रुपैयाँ र बिक्रीदर ४७१.३४ रुपैयाँ कायम भएको छ ।

