काठमाण्डौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज भारत भ्रमणमा जादै छन् । उनी भारतमा आयोजना हुन लागेको २३ औं इण्डिया–रसिया एनुअल समिट मा भाग लिन भारत जान आउन लागेको भारतीय मिडियाले बताएका छन् ।
उनी अपरान्ह ४ बजे राजधानी नयाँ दिल्ली पुग्ने छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार पुटिनको सम्मानमा निजी रात्रिभोजको आयोजना गर्नेछन् । भारत र अमेरिकाबीच सम्बन्धमा चिसोपन छाएको बेला पुटिनको भ्रमणको उद्देश्य भारत–रुस रणनीतिक र आर्थिक साझेदारीलाई बलियो बनाउनु रहेको जनाइएको छ ।
शुक्रबारको एनुअल समिटले रक्षा सहयोग बढाउने, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने र साना ‘मोड्युलर रिएक्टर’मा सम्भावित सहयोगमा केन्द्रित हुने सम्भावना रहेको जनाइएको छ ।
करिब २८ घण्टाको भ्रमणपछि पुटिन शुक्रबार राति करिब ९ः३० बजे भारतबाट प्रस्थान गर्नेछन् । भारतले रुसी कच्चा तेलको ठूलो खरिदका कारण बढ्दो व्यापार घाटाको मुद्दा शिखर सम्मेलनमा उठ्ने सम्भावना छ । अमेरिकाले भारतीय सामानमा भारी ५० प्रतिशत शुल्क लगाएपछि भारत–अमेरिका सम्बन्ध विगत दुई दशकमा सबैभन्दा खराब चरणबाट गुज्रिरहेको बेला यो भ्रमण हुन लागेको हो ।

