• बिहीबार, भाद्र २६,२०८२ 03:11:18
Global IME Bank Limited

नेपाल वित्त कम्पनी संघको धितो मूल्यांकनका अभ्यास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Hyundai Nepal
नेपाल वित्त कम्पनी संघको धितो मूल्यांकनका अभ्यास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल वित्त कम्पनी संघको आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा लिने धितो घरजग्गा मूल्यांकनका अभ्यासहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको पुल्चोक, ललितपुर स्थित गुहेश्वरी भवनमा आयोजित उक्त कार्यक्रममा विश्व बैंकका भुमीविज्ञ डेनिलो आर आन्टानियोले धितो मूल्यांकनका अभ्यासहरुका बारेमा मन्तव्य राखेका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डा. सुवास घिमिरेले नेपालमा हाल भैरहेको घरजग्गा मूल्यांकनका अभ्यासहरु र सुधारका उपायहरुको बारेमा चर्चा गरेका थिए ।  

अन्तरक्रिया कार्यक्रममा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संस्थाले हाल धितो मूल्यांकनको महत्व र यसका लागि अपनाएका प्रक्रियाहरुको बारेमा प्रकाश पारेका थिए ।  

कार्यक्रममा नेपाल वित्त कम्पनी संघका परमर्शदाताहरु, धितो मुल्याङनकर्ताहरु,गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी, विभागिय प्रमुखहरुका साथै संस्थाका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।    

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.