काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित विशेष साधारण सभा डाकेको हो । पुस ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो ।
उक्त सभा माघ ५ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको आनन्द भूमि इभेन्ट्समा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सेयर संरचना परिवर्तन गर्ने, सर्वसाधारण समूहलाई तोकिएबमोजिम जारी तथा चुक्तापूँजी मिलान गर्ने, सेयरसंरचना परिवर्तन भएबमोजिम सर्वसाधारणमा आईपीओ जारी गर्ने र सर्वसाधारणमा सेयर निष्कासन गर्नू र सो सम्बद्ध अन्य सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

