आईतवार, माघ १८,२०८२ 11:01:09
Bizshala
  • आईतवार, माघ १८,२०८२ 11:01:09
Bizshala
Global IME Bank Limited
Bizshala

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि, पेट्रोल र ग्यासको यथावत्

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि, पेट्रोल र ग्यासको यथावत्
Shivam Cement

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बढेको मूल्य माघ १७ गतेको मध्यरातदेखि लागू हुने निगमले जनाएको छ।

मूल्य समायोजनपछि डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३६.५० रुपैयाँ , दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि १३९ रुपैयाँ कायम भएको छ। निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्गमा, सुर्खेत र दाङ डिपो दोस्रो वर्गमा तथा काठमाण्डौ, पोखरा र दिपायल डिपो तेस्रो वर्गमा वर्गीकरण गरिएको छ। डिपोबाट १५ किलोमिटरसम्मको क्षेत्रमा सोही मूल्य लागू हुनेछ।

Bizshala
Garima Development Bank
New Office

यता पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले स्पष्ट पारेको छ।

साथै, निगमले हवाई इन्धनको मूल्य घटाएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाई १२७ रुपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाण्डौका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएर ९६६ डलर कायम गरिएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १२ पैसा, डिजेल र मट्टितेलमा प्रतिलिटर चार.६६ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ४५.४९ रुपैयाँ वृद्धि भई आएको तथा हवाई इन्धनमा प्रतिलिटर १.०८ रुपैयाँ घटेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमको भनाइ छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.