शुक्रबार, बैशाख ४,२०८३ 09:42:17
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 09:42:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शिखर पावरको आईपीओमा आवेदन दिने म्याद थप

Bizshala
शिखर पावरको आईपीओमा आवेदन दिने म्याद थप
Shivam Cement

काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओमा माघ २० गतेसम्म आवेदन दिने समय दिइएको थियो ।

तर उक्त अवधिभित्र मागबमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने म्याद लम्बाइएको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अब उक्त आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ । यदि निर्धारित समयभित्र प्रयाप्त आवेदन प्राप्त भएमा फागुन ८ गते अगावै आईपीओ निष्कासन बन्द गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले गत पुस १६ गते ३२ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात अर्थात् रु.९ करोड ८० लाख रुपैयाँबराबरको प्रतिसेयर अंकित मूल्य रु.१०० दरको ९ लाख ८० हजार कित्ता साधारण सेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्र बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु (साविक दगातुन्डाँडा गाविस, सीसाखानी गाविस, जलजला गाविस, ग्वालिचौर गाविस, श्रीमगिठे गाविस, रणसिंहकिटेनी गाविस र दर्लिङ गाबिसका सम्पूर्ण वडाहरु) र आयोजनाको विद्युत प्रसारण लाईनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका बडा नं. २ (साविक बुर्तिवाङ गाविसको वडा नं. २, ३, ४ र ५ मात्र) का स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

बाँकी २२ करोड २० लाख रुपैयाँबराबरको प्रतिसेयर अंकित मूल्य रु.१०० दरको २२ लाख २० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरिएको थियो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंक नक्साल, ग्लोबल आइएमई बैंक बुर्तिवाङ, ग्लोबल आइएमई बैंक बाग्लुङ बजार, प्रभु बैंक ग्वालीचौर बाग्लुङ, गरिमा विकास बैंक बुर्तिवाङ र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा  ग्लोबल आइएमई क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.