मंगलवार, जेष्ठ ५,२०८३ 12:05:49
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:05:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो विमानको पखेटा आपसमा ठोक्कियो

Laxmi Sunrise Bank Limited
मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो विमानको पखेटा आपसमा ठोक्कियो
Shivam Cement

काठमाण्डौ । भारतको व्यस्त विमानस्थलमध्ये एक मानिने मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरलाइन्सका दुई विमानका विङटिप एकआपसमा ठोक्किएका छन्। मंगलबार साझ भएको उक्त घटनामा कुनै पनि यात्रुलाई चोटपटक नलागेको पुष्टि गरिएको छ।

भारतको नागरिक उड्डयन नियामक निकाय डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसन(डिजीसीए)का अनुसार, फेब्रुअरी ३, २०२६ मा एयर इन्डियाको उडान एआई२७३२ प्रस्थानअघि मुम्बई विमानस्थलको ट्याक्सीवे एम४ नजिक रोकिएको अवस्थामा थियो। सोही समयमा हैदराबादबाट मुम्बई आइपुगेको इन्डिगोको ए३२० विमान ल्यान्डिङपछि सोही दिशातर्फ ट्याक्सी गर्दै थियो।

Bizshala
New Office
CG Motors

ट्याक्सी गर्ने क्रममा दुवै विमानका दायाँ पखेटाका टुप्पा आपसमा ठोक्किएको डिजीसीएले जनाएको छ। घटनापछि दुबै विमानलाई तत्काल प्राविधिक जाँचका लागि सेवा बाहिर राखिएको छ। डीजीसीएका मुम्बई कार्यालयका अधिकारीहरू घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेका छन्।

समाचार संस्था पीटीआईका अनुसार, एयर इन्डियाका प्रवक्ताले मुम्बईबाट कोयम्बटूर जाँदै गरेको उक्त उडान ढिलो भएको र टेकअफअघि ट्याक्सीवेमा प्रतीक्षारत अवस्थामा अर्को विमानसँग सम्पर्क भएको बताएका छन्। सावधानीस्वरूप उडान रद्द गरी सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको जनाइएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

उता, इन्डिगोका प्रवक्ताले पनि ल्यान्डिङपछि ट्याक्सी गर्ने क्रममा आफ्नो विमानको पखेटा अर्को विमानसँग सम्पर्कमा आएको पुष्टि गरेका छन्। कम्पनीका अनुसार सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ र प्रोटोकलअनुसार सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराइएको छ।

घटना मंगलबार साँझ करिब ७ः३० बजे भएको हो। हाल दुबै विमानको विस्तृत प्राविधिक जाँच तथा घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाइएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.