शुक्रबार, बैशाख ४,२०८३ 11:52:21
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 11:52:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घट्दो बजारमा कारोबार रकम पनि खुम्चिदै, चुनावअघि नै लय लिनेमा विश्लेषक ढुक्क

Bizshala
घट्दो बजारमा कारोबार रकम पनि खुम्चिदै, चुनावअघि नै लय लिनेमा विश्लेषक ढुक्क
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०६ प्रतिशत अर्थात १.६४ अंकले घटेर २ हजार ६८१.५० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१५ प्रतिशतले घटेर ४५६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर ७ अर्ब ४९ करोड ९७ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ८ अर्ब ६३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘बजार घट्नुपर्ने त्यस्तो ठूलो इस्यु त केही छैन तर पछिल्लो समय राजनीतिक विषयका कारण लगानीकर्ताहरु अझै अन्यौलमै छन् । केही पक्षले चुनाव हुने र केही पक्षले चुनाव नहुने हल्ला फिजाउँदा लगानीकर्ताहरुमा अझै अन्यौलता रहेकाले बजारले पिक अप लिन सकिरहेको छैन । तर बजार चुनावअघि नै विस्तारै–विस्तारै बढेर लय लिन्छ भन्ने आशा छ ।’

त्यस्तै, अर्का बजार जानकार यज्ञ घिमिरे भन्छन्, ‘बजार बढ्नका लागि माहोल पोजेटिभ नै छ । केही साता अघि लगातार बढेको बजारमा लगानीकर्ताहरुले थोरै भएपनि नाफा बुक गरेका हुन् । केहीले नाफा बुक नै नगरेपनि पोर्टफोलियोमा साँवा मात्रै आएपनि सेयर बेचेका छन् । बजारमा सप्लाई बढ्न गएपछि बजारमा करेक्सन देखिनु स्वभाविक नै हो । लगानीकर्ताहरुले यसअघि ठूलो घाटा ब्यहोरेका थिए । अब थप घाटा नहोस् भन्ने हेतुले बजार बढेको समय बेचेको पनि हुन सक्छ । तर अब सेयर बेचिसकेपछि उही लगानीकर्ताहरु फेरी सेयर किन्न थाल्छन् । बजार एउटा प्वइन्टमा पुगेर फेरी बढ्ने देखिन्छ । सय अंक जतिको घटबढ हुनु स्वभाविक नै हो । बजार एउटा सपोर्ट जोनमा पुगेपछि पिक अप लिन सक्ने सम्भावना देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक बढ्यो । यो समूह आज ०.९३ प्रतिशतले बढ्यो ।

यस्तै विकास बैंक समूह ०.१० प्रतिशत, होटल ०.१८, हाईड्रो ०.३८, लगानी ०.०८, निर्जीवन बीमा ०.१३ र व्यापार ०.४९ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.५३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३२ प्रतिशत, जीवन बीमा ०.१३, लघुवित्त ०.३०,म्युचुल फण्ड ०.२८ र अन्य ०.३१ प्रतिशतले घट्यो ।

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज आँखुखोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८० करोड बढीको सेयर कारोबार भयो ।

यस्तै, एसवाई प्यानलको ६० करोड ३० लाख, राधी विद्युतको २६ करोड २५ लाख, श्रीनगर एग्रीटेकको २५ करोड १८ लाख र बन्दीपुर केवलकारको २० करोड २५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कालिञ्चोक दर्शन र सुपरमाई हाईड्रो, सुपर मादी हाईड्रो र आँखुखोला जलविद्युतको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७ प्रतिशत, बिन्ध्यवासिनी हाईड्रोको ६.२६, मेन्छियाम हाईड्रोपावरको ४.४२ र हिमाल दोलखा हाईड्रोको सेयरमूल्य ४.४२ प्रतिशतले बढ्यो ।

राँवा इनर्जीको सेयरमूल्य पनि आज सर्वाधिक अर्थात ४.१३ प्रतिशतले घट्यो । यस्तै गुराँस लघुवित्तको ३.८४ प्रतिशत, दरमखोला हाईड्रोको ३.६८ र नारायणी डेभलपमेन्ट बैंकका सेयरमूल्य ३.१३ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.