मंगलवार, चैत्र ३,२०८२ 09:46:30
Bizshala
  • मंगलवार, चैत्र ३,२०८२ 09:46:30
Bizshala
Global IME Bank Limited

को हुन् एपस्टीन ? जसका फाइलहरूले सम्पूर्ण विश्वलाई हल्लाईरहेको छ, ट्रम्पसँग कस्तो थियो सम्बन्ध ?

Hyundai Nepal
को हुन् एपस्टीन ? जसका फाइलहरूले सम्पूर्ण विश्वलाई हल्लाईरहेको छ, ट्रम्पसँग कस्तो थियो सम्बन्ध ?
Shivam Cement

काठमाण्डौ । अमेरिकी यौन अपराधी र मानव तस्कर जेफ्री एपस्टीन सम्बन्धी फाइल्सले फेरि एकपटक विश्वभरि ध्यान खिचेको छ। हालै सार्वजनिक भएका डकुमेन्टहरूमा विश्वका विभिन्न सरकारका नेताहरू, व्यवसायीहरू र चर्चित व्यक्तिहरूको नाम समावेश भएको छ।

फाइल्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एपस्टीनबीचको भेट भएको दाबी गरिएको ईमेलसमेत रहेको थियो, तर भारतीय विदेश मन्त्रालयले यसलाई खारेज गरिसकेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि एपस्टीनसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन्। उनले अमेरिकी न्याय विभागले सार्वजनिक गरेको फाइल्समा षडयन्त्रको सुराग देखिएको बताउँदै, आफ्नो राजनीतिक हानी र चुनावमा हार सुनिश्चित गर्नको लागि यसलाई प्रयोग गरिएको आरोप लगाए।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

एपस्टीनको मृत्यु २०१९ मा भइसकेको छ। तर ६ वर्षपछि पनि उनका फाइल्सले विश्वभरका नेताहरू र प्रभावशाली व्यक्तिहरूको लागि चुनौती प्रस्तुत गरिरहेका छन्। यद्यपि केही विवादित नामहरूको उल्लेखले ट्रम्पलाई समेत घेरामा ल्याएको छ, तर उनले फाइल्स सार्वजनिक गर्न आदेश नै दिएका थिए।

अमेरिकी संसदको दुवै सदनले न्याय विभागलाई सबै फाइल्स सार्वजनिक गर्न आदेश दिने कानून पारित गरिसकेको छ। तर यसमा केही संवेदनशील सामग्री—जस्तै चलिरहेको आपराधिक अनुसन्धान, पीडितको व्यक्तिगत जानकारी, बाल यौन शोषणसँग सम्बन्धित सामग्री—रोकिएको छ।

को हुन् एपस्टीन ?

एपस्टीन २००८ मा १४ वर्षकी बालिकासँग यौन दुर्व्यवहारमा दोषी ठहरिएका थिए। फ्लोरिडामा अभियोजनसँग सम्झौता गरेपछि उनलाई लामो जेल सजाय भएन। २०१९ मा फेरि उनीमाथि नाबालिग बालिकाहरूको यौन शोषण नेटवर्क चलाएको आरोप लाग्यो। ट्रायलको क्रममा जेलमा उनको मृत्यु भयो, जुन आत्महत्या बताइएको छ।

न्याय विभागको २०२५ को मेमो अनुसार, यस मामिलामा एफबीआईसँग ३०० गीगाबाइटभन्दा बढी डेटा र प्रमाणहरू छन्। यसमा धेरै पीडितको फोटो र भिडियोहरू समावेश छन्। फाइल्स समय समयमा सार्वजनिक हुँदै आएका छन्।

एपस्टीनकी पूर्व प्रेमिका गिस्लेने म्याक्सवेललाई २०२१ मा उनीसँग मिलेर बालिकाहरूको यौन व्यापारमा संलग्न भएको दोषी ठहराइएको थियो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सार्वजनिक भएका नामहरू

हालसम्म ३० लाखभन्दा बढी दस्तावेज सार्वजनिक भइसकेका छन्। यसमा पूर्व राष्ट्रपति बिल क्लिन्टन, ब्रिटिश राजकुमार एन्ड्रू माउन्टबेटन– विन्डसर, माइकल ज्याक्सन, एलन मस्क, ट्रम्पका सहयोगीहरू लगायतका नाम छन्। कतिपयले यसलाई अस्वीकार गरेका छन् भने केहीले आफ्नो गल्ती स्वीकार गरेका छन्।

ट्रम्प र एपस्टीनको सम्बन्ध

ट्रम्प र एपस्टीन लामो समयदेखि सामाजिक रूपमा एकै क्षेत्रमा सक्रिय थिए। ट्रम्पले २००२ मा एपस्टीनलाई ‘शानदार व्यक्ति’ भनेका थिए। तर २००८ पछि ट्रम्पले आफू एपस्टीनको प्रशंसक नभएको दाबी गरेका छन्।

एपस्टीनको मृत्यु

२०१९ मा जेलमा एपस्टीनको मृत शरीर फेला परेको थियो। मेडिकल एग्जामिनरले आधिकारिक रूपमा मृत्युलाई फाँसी लगाएर आत्महत्या भएको घोषणा गर्यो। तर जेलमा निगरानीमा गम्भीर कमजोरीहरू देखिएको र गार्डहरूलाई निलम्बन गरिएको थियो।

एपस्टीन फाइल्सले सामाजिक, राजनीतिक र कानुनी तहमा अझै चर्चालाई जन्म दिइरहेको छ। धेरै विशेषज्ञहरूले यसलाई उच्च पदस्थ व्यक्तिहरूको यौन अपराधसँग सम्बन्धित महत्वपूर्ण प्रमाणको रूपमा मूल्याङ्कन गरिरहेका छन्।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.