शुक्रबार, बैशाख ४,२०८३ 03:46:07
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 03:46:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड

Bizshala
२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.५९ प्रतिशत र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले बढेको छ ।  

बीमा समूह बढ्दा आज २२ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८२ प्रतिशतले बढेर ४३९.५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, हिमालयन एभरेष्टको १.११ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९२ प्रतिशत, एनएलजीको ०.०७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.५४ प्रतिशत, सलिकोको १.०२ प्रतिशत, सानिमा जिआइसीको ०.४३ प्रतिशत, शिखरको ०.६४ प्रतिशत, हिमालयन रि को ०.७३ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.४१ प्रतिशतले बढेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसका साथै एशियन लाइफको १.१३ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.६३ प्रतिशत, हिमालयन लाइफको ०.६८ प्रतिशत, आइएमई लाइफको ०.११ प्रतिशत, एलआइसी नेपालको १.४६ प्रतिशत, नेपाल लाइफको ०.३८ प्रतिशत, नेशनल लाइफको १.५४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४५ प्रतिशत, सूर्यज्योति लाइफको १.६५ प्रतिशत, सन नेपाल लाइफको ०.४३ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.५१ प्रतिशतले बढेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा सिटिजन लाइफको १.०५ प्रतिशतले घटेर ४६९ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ०.८७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.१० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.१४ प्रतिशत र आरबीसीएलको ०.१० प्रतिशतले घटेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.