बिहीबार, फाल्गुन २१,२०८२ 10:04:10
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 10:04:10
Bizshala
Global IME Bank Limited

मध्यपूर्व युद्धको असर बजारमा: अमेरिकी सेयर उकालो लाग्दा एसियाली बजारमा भीषण गिरावट

Hyundai Nepal
मध्यपूर्व युद्धको असर बजारमा: अमेरिकी सेयर उकालो लाग्दा एसियाली बजारमा भीषण गिरावट
Shivam Cement

काठमाण्डौ । अमेरिका–इजरायल र इरानबीच बढ्दो द्वन्द्वले विश्व वित्तीय बजारलाई हल्लाइरहेका बेला अमेरिकी र युरोपेली सेयर बजारमा सुधार देखिएको छ भने एसियाली बजार भने भारी दबाबमा परेको छ। ऊर्जा आपूर्ति अवरुद्ध हुने चिन्ताले एसियाली अर्थतन्त्रहरूमा तीव्र असर परेको विश्लेषकहरूले बताएका छन्।

बुधबार अमेरिकी र युरोपेली सेयर बजारमा केही सुधार देखिए पनि एसियाली बजारमा ठूलो गिरावट आएको छ। युरोपको स्टोक्स–६०० सूचकांक बुधबार १.३७ प्रतिशतले बढ्दै दुई दिनको लगातार गिरावट रोकेको छ, तर यो सूचकांक अझै पनि यो साता करिब ३.३ प्रतिशतले तल झरेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अमेरिकामा पनि बजार सकारात्मक देखिएको छ। डाउ जोन्स सूचकांक २३८ अंक (०.४९ प्रतिशत) ले बढेको छ भने एसएन्डपी ५०० ०.७८ प्रतिशत र न्यास्ड्याक १.२९ प्रतिशतले उकालो लागेको छ। तेलको मूल्य स्थिर हुन थालेपछि लगानीकर्ताको मनोबल केही सुधारिएको विश्लेषण गरिएको छ।

एसियाली बजारमा ठूलो धक्का

यता एसियाली बजार भने मध्यपूर्व संकटबाट सबैभन्दा बढी प्रभावित देखिएको छ। दक्षिण कोरियाको प्रमुख कोस्पी सूचकांक बुधबार १२ प्रतिशतले घटेको छ, जुन अघिल्लो दिनको ७.२४ प्रतिशत गिरावटपछि आएको हो। लगातार गिरावटले कोरियाली बजार ‘बेयर मार्केट’को नजिक पुगेको बताइएको छ।

जापानको निक्केई–२२५ सूचकांक पनि यो साता करिब ८ प्रतिशतले घटेको छ, जुन सन् २०२० मार्चपछि सबैभन्दा खराब साप्ताहिक प्रदर्शन हुन सक्ने अनुमान गरिएको छ।

विशेषगरी जापान र दक्षिण कोरिया जस्ता देशहरू मध्यपूर्वबाट आउने तरलीकृत प्राकृतिक ग्यास (LNG) मा अत्यधिक निर्भर भएकाले त्यहाँको बजार बढी संवेदनशील भएको अर्थशास्त्रीहरूको भनाइ छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

तेलको मूल्य स्थिर, बजारलाई राहत

दुई दिनमा १० प्रतिशतभन्दा बढी उकालो लागेको कच्चा तेलको मूल्य बुधबार भने स्थिर देखिएको छ। अमेरिकी कच्चा तेलको मूल्य प्रति ब्यारेल ७४.६६ डलर पुगेको छ भने अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुड करिब ८१.४० डलरमा स्थिर रहेको छ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सले इरानले अमेरिका समक्ष अप्रत्यक्ष रूपमा वार्ता प्रस्ताव गरेको खबर सार्वजनिक गरेपछि ऊर्जा बजारमा केही शान्ति आएको बताइएको छ।

त्यसैगरी अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले आवश्यक परे अमेरिकी नौसेनाले हर्मुज जलडमरूमध्य हुँदै जाने तेल ट्यांकरलाई सुरक्षित मार्ग उपलब्ध गराउने बताएका छन्। यो घोषणाले पनि तेलको मूल्य अत्यधिक बढ्नबाट रोकिएको विश्लेषण गरिएको छ।

मुद्रास्फीतिको चिन्ता अझै कायम

ऊर्जा मूल्य बढ्ने सम्भावनाले मुद्रास्फीतिको दबाब बढ्न सक्ने भन्दै लगानीकर्ताहरू अझै सतर्क छन्। अमेरिकी १० वर्षे ट्रेजरी बन्डको प्रतिफल बढेर ४.०९ प्रतिशत पुगेको छ।

सुरक्षित लगानीको रूपमा मानिने सुनको मूल्य पनि बुधबार ०.५ प्रतिशतले बढेको छ, यद्यपि यो साता समग्रमा १.९ प्रतिशतले घटेको छ।

यता बिटक्वाइन भने पछिल्लो २४ घण्टामा ७ प्रतिशतभन्दा बढी बढ्दै ७३ हजार डलर माथि पुगेको छ।

बजार अझै अनिश्चित

विश्लेषकहरूका अनुसार युद्ध चाँडै अन्त्य हुने संकेत आए ऊर्जा आपूर्तिको संकट कम हुने र बजारमा स्थिरता आउन सक्नेछ। तर द्वन्द्व लम्बिएर अन्य देशहरू पनि तानिने सम्भावना अझै कायम रहेको भन्दै लगानीकर्ताहरूलाई सावधानी अपनाउन सुझाइएको छ।

अर्थविश्लेषकहरू भन्छन्म: ध्यपूर्वको युद्ध केवल सैन्य संघर्ष मात्र होइन, यसले विश्व ऊर्जा आपूर्ति, मुद्रास्फीति र विश्व सेयर बजारको दिशालाई समेत प्रभावित पार्ने ठूलो आर्थिक जोखिम बनेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.