मोरङ — मोरङ निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत कटहरी गाउँपालिका–१ र २ को मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।
हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष पराजुलीले फराकिलो अग्रता लिएका छन्। उनले कटहरी–१ र २ बाट गरी ३ हजार ८५८ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार गुरु घिमिरेले ६९३ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार अमन मोदीले ६७१ मत पाएका छन्।
यसैगरी, नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले हालसम्म ४११ मत प्राप्त गरेका छन्।
कटहरी–१ र २ को मतगणना सम्पन्न भएसँगै यस क्षेत्रमा रास्वपाका उम्मेदवार पराजुली स्पष्ट रूपमा अग्रस्थानमा देखिएका छन्।

