भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणनाको ताजा परिणाम सार्वजनिक भएको छ। बिहान ८:२० बजेसम्म मध्यपुर थिमी नगरपालिका–१ को मतगणना गर्दाको आंशिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता कायम गरेका छन्।
हालसम्म खत्रीले ३,०६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले १,५७३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका कबीर रानाले ४८४ मत पाएका छन्।
यसैगरी मादल चिन्हका उम्मेदवार रमेश वैद्यले १६१ मत प्राप्त गरेका छन्। हलो चिन्हका विक्रम थापाले ७३ मत, तारा चिन्हका रामप्रसाद सापकोटाले ६८ मत र चीम चिन्हका जितराम लामाले ५५ मत प्राप्त गरेका छन्।
माटो चिन्हका जीताराम लामाले ५२ मत प्राप्त गरेका छन् भने जुत्ता चिन्हका उम्मेदवारले ५ मत पाएका छन्।
प्रारम्भिक गणनामा भक्तपुर–२ मा रास्वपाका खत्रीले स्पष्ट अग्रता बनाएको देखिएको छ।

