शुक्रबार, फाल्गुन २२,२०८२ 12:59:25
Bizshala
  • शुक्रबार, फाल्गुन २२,२०८२ 12:59:25
Bizshala
Global IME Bank Limited

मतदाताले एमाले, कांग्रेस र नेकपालाई बराबरी स्थानमा राखे, प्रारम्भिक मतपरिणामको संकेत

Hyundai Nepal
मतदाताले एमाले, कांग्रेस र नेकपालाई बराबरी स्थानमा राखे, प्रारम्भिक मतपरिणामको संकेत
Shivam Cement

काठमाण्डौ । प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमाले, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लगभग बराबरी पोजिसनमा देखिएका छन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अहिले देशका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ खसेको मत गणना भइरहेको छ । यो क्रममा एमाले र कांग्रेस ४ ४ स्थानमा अगाडि देखिएका छन् भने प्रचण्ड नेतृत्वको नेकपा ३ स्थानमा अगाडि देखिएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यी तीन दलका शीर्ष नेताहरुमध्ये केहीको निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छैन भने गणना जारी रहेका कतिपय क्षेत्रमा नेताहरु निकै पछाडि परेका छन् ।  

एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ मा रास्वपाका बालेन शाहसँग करिब तेब्बर मतले पछाडि परेका छन्।  

एमालेले रुपन्देही ४, बाँके २, स्यांग्जा १ र चितवन १ मा अग्रता लिइरहेको छ ।  

कांग्रेसका सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन । यो दलले हालसम्म ४ वटा क्षेत्रमा अग्रता लिएको छ ।  

ललितपुर १, कपिलवस्तु ३, तेह्रथुम १ र कैलाली १ मा कांग्रेस उम्मेद्वार प्रारम्भिक मतपरिणामअनुसार अगाडि छन् ।  

नेकपा तेश्रो स्थानमा अगाडि छ । यो दलका अध्यक्ष पुष्पकमल दाहाल फराकिलो मतान्तरसहित अगाडि छन् ।  

नेकपा रुकुमपूर्व १, कालीकोट १ र जुम्ला १ मा अगाडि देखिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.