मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रारम्भिक मतगणनामा निकै पछि परेका छन्।
पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले ३ हजार ४२३ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएकी छन्।
कांग्रेसका कोइरालाले भने ७२८ मत मात्र प्राप्त गरेका छन्, जुन अग्रता लिइरहेकी उम्मेदवारको मतभन्दा करिब पाँच गुणा कम हो।
यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ६२७ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवारले ६०४ मत प्राप्त गरेका छन्।

