काठमाण्डौ । डोटी जिल्लामा सम्पन्न निर्वाचनको मतगणना सुरु गरिएको छ। जिल्लाका १८१ वटै मतदान केन्द्रबाट संकलित मतपेटिका कडा सुरक्षा व्यवस्थाका बीच जिल्ला सदरमुकाम सिलगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएपछि मतगणना प्रक्रिया प्रारम्भ गरिएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेका १८१ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो। डोटीमा कुल १ लाख ८१ हजार ७ सय ३९ जना मतदाता रहेका छन्।

