काठमाण्डौ । धनकुटा निर्वाचन क्षेत्रमा भएको मतगणना अनुसार श्रमसंस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले अग्रता बनाएका छन्। हालसम्मको मतपरिणाम अनुसार उनलाई १ हजार ५९० मत प्राप्त भएको छ।
उनको पछाडि नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई १ हजार ४० मत सहित रहेका छन्। त्यस्तै, कांग्रेस का उम्मेदवार दिनेश राईले ७३४ मत पाएका छन् भने रास्वपा का दिनेश राईले १४४ मत प्राप्त गरेका छन्।

