शनिबार, फाल्गुन २३,२०८२ 05:35:29
Bizshala
  • शनिबार, फाल्गुन २३,२०८२ 05:35:29
Bizshala
Global IME Bank Limited

चुनाव लडेका ५ पूर्वअर्थमन्त्रीको अवस्था: सुरुवाती मतगणनामा ३ पछाडि परे, २ जनाले अग्रता लिए

Hyundai Nepal
चुनाव लडेका ५ पूर्वअर्थमन्त्रीको अवस्था: सुरुवाती मतगणनामा ३ पछाडि परे, २ जनाले अग्रता लिए
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका पूर्व अर्थमन्त्रीहरुमध्ये अधिकांश प्रारम्भिक मतपरिणाममा पछाडि देखिएका छन् ।  

सेयर बजारका लगानीकर्ताले सर्वाधिक मन पराएका पूर्व अर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेल निकै निकै नाजुक मतान्तरसहित राष्टिय स्वतन्त्र पार्टीका उम्मेद्वारसँग पछाडि परेका छन् । उनी लगभग हार्ने निश्चित देखिएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

विष्णु पौडेल यो पटक रुपन्देही २ बाट चुनाव लडेका थिए । यो क्षेत्रमा रास्वपाका सुलभ खरेलले २९३९४ मतसहित अग्रता लिएका छन् । विष्णु पौडेलले भने  ६ हजार २७१ मत प्राप्त गरेका छन् ।  

यस्तै, पूर्व अर्थमन्त्री तथा देउवाले कांग्रेसको नेतृत्व गर्दा उनका प्रिय मानिने पूर्व अर्थमन्त्री तथा कांग्रेसका पूर्व प्रवक्ता डा. प्रकाशशरण महत समेत प्रारम्भिक मतगणनामा पछाडि परेका छन् । उनलाई पनि राष्टिय स्वतन्त्र पार्टीका उम्मेद्वारले पछाडि पारेका छन् ।  

पछिल्लो मतपरिणामअनुसार नुवाकोट १ बाट चुनाव लडेका डा. महत ११९७ मतसहित सो क्षेत्रको तेश्रो स्थानमा छन् । पहिलो स्थानमा रास्वपाका विक्रम तिम्सिना छन् । उनले १७९१ मतसहित अग्रता लिइरहेका छन् । यहाँ दोश्रो स्थानमा एमाले उम्मेद्वार हितबहादुर तामांग(१२७४) रहेका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की समेत प्रारम्भिक मतगणनामा पछाडि परेका छन् । सुनसरी क्षेत्रनम्बर ४ बाट चुनाव लडेका कार्कीले ५१७ मत ल्याएका छन् । उनलाई ८८२ मतसहित रास्वपाका दीपकुमार साहले पछाडि पारेका छन् ।  

माओवादीबाट अर्थमन्त्री भइसकेका वर्षमान पुन र जनार्दन शर्माले भने प्रारम्भिक मतपरिणाममा अग्रता लिइरहेका छन् ।  

वर्षमान पुन अहिले नेकपाबाट चुनाव लडेका छन् भने जनार्दनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेद्वारी दिएका थिए । शर्मा रुकुमपश्चिम १ बाट २३९३ मतसहित अगाडि छन् । उनलाई नेकपाका गोपाल शर्माले १७८७ मतसहित पछ्याइरहेका छन् ।  

वर्षमान पुन भने रोल्पा १ बाट चुनाव लडेका छन् । उनले ३२३१ मतसहित अग्रता लिएका छन् । उनलाई एमालेका गोकुलप्रसाद घर्तीले २१७८ मतसहित पछ्याइरहेका छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.