शनिबार, फाल्गुन २३,२०८२ 01:56:41
Bizshala
  • शनिबार, फाल्गुन २३,२०८२ 01:56:41
Bizshala
Global IME Bank Limited

अन्य दलले अग्रता लिइरहेका ३४ क्षेत्रमा रास्वपाको अवस्था के छ ? पासा पल्टिने सम्भावना छ ?

Hyundai Nepal
अन्य दलले अग्रता लिइरहेका ३४ क्षेत्रमा रास्वपाको अवस्था के छ ? पासा पल्टिने सम्भावना छ ?
Shivam Cement

काठमाण्डौ । देशव्यापी रुपमा रास्वपाको लहर चलेको बेला २९ स्थानमा कांग्रेस एमाले नेकपाका उम्मेद्वारहरुले अग्रता लिइरहेका छन् । परम्परावादी यी तीन दलले हालसम्म प्रतिनिधिसभाको ९ सिटमा जित हासिल गरेका छन् ।  

कांग्रेस, एमाले र नेकपाले अग्रता लिइरहेकामध्ये केही स्थानमा रास्वपाकै उम्मेद्वारहरुसँग कडा टक्कर परिरहेको देखिन्छ । अन्तिम मतपरिणाम सार्वजनिक हुनेबेलासम्म अहिलेको खेल उल्टिनसक्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।  

एमालेले अग्रता लिइरहेका क्षेत्रमा के छ अवस्था ?

एमालेले हालसम्म बाँके २ र बझांग १ बाट गरी २ सिट जितेको छ । बाँकी १० क्षेत्रमा अग्रता लिइरहेको छ । ती १० मध्ये दुईवटामा श्रम संस्कृति पार्टीका उम्मेद्वारसँग टक्कर देखिएको छ । एउटामा रास्वपाको, एउटामा नेकपा तथा बाँकी कांग्रेससँग टक्कर देखिएको छ । सूचि हेर्नुहोस् :

S.N.उम्मेदवारक्षेत्रप्राप्त मतनिकटतम प्रतिद्वन्द्वीनिकटतम प्रतिद्वन्द्वी मत
1मोहम्मद इश्तियाक राईबाँके–२२४,६२८ (विजयी)विवेककुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी)१८,५८२
2ऐनबहादुर महरबझाङ–११८,५४३ (विजयी)प्रकाश रसाइली ‘स्नेही’ (नेपाली कांग्रेस)१६,३०४
3नारायणप्रसाद आचार्यपाल्पा–१११,५८० (अग्रता)सन्दीप राना (नेपाली कांग्रेस)१०,०८३
4प्रदीपकुमार कटुवाल क्षेत्री (केसी)सिन्धुली–११०,२३० (अग्रता)उज्ज्वलप्रसाद बराल (नेपाली कांग्रेस)९,७२२
5राजेन्द्रकुमार राईधनकुटा–१९,९५४ (अग्रता)सानबहादुर राई (श्रम संस्कृति पार्टी)७,१९१
6सुहाङ नेम्बाङइलाम–२९,१५१ (अग्रता)सुदीप राई (श्रम संस्कृति पार्टी)७,३४४
7लक्ष्मीप्रसाद पोखरेलदैलेख–२८,५५० (अग्रता)दिक्पालकुमार शाही (नेपाली कांग्रेस)५,८५४
8क्षितिज थेबेताप्लेजुङ–१८,१०९ (अग्रता)गजेन्द्रप्रसाद तुम्याङ लिम्बू (नेपाली कांग्रेस)७,२७५
9खिमबहादुर थापास्याङ्जा–२६,९६६ (अग्रता)भागवतप्रकाश मल्ल (नेपाली कांग्रेस)५,३०५
10अम्बरबहादुर रायमाझीउदयपुर–२३,६५६ (अग्रता)सूर्यबहादुर तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी)४,२८७
11यज्ञबहादुर बोगटीअछाम–२३,२७५ (अग्रता)पुष्पबहादुर शाह (नेपाली कांग्रेस)२,२६४
12रामचन्द्र मण्डलधनुषा–१६६५ (अग्रता)मातृकाप्रसाद यादव (नेपाली कम्युनिस्ट पार्टी)६२०
Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कांग्रेसले अग्रता लिइरहेका स्थानको अपडेट

कांग्रेसले हालसम्म ५ सिट जितिसकेको छ । ९ सिटमा अग्रता लिइरहेको छ । दैलेख १, तेह्रथुम १, रसुवा १, मुस्तांग १, र मनांग १ मा कांग्रेस उम्मेद्वारले जित निकालेका छन् ।  

बाँकी ९ वटा क्षेत्रमा उसको अग्रता कायमै छ । कांग्रेसले अग्रता लिएका ९ मध्ये २ वटा क्षेत्रमा रास्वपाले नै टक्कर दिइरहेको छ । ५ क्षेत्रमा एमालेसँग टक्कर छ भने २ क्षेत्रमा नेकपासँग टक्कर देखिएको छ ।  

S.N.उम्मेदवारक्षेत्रप्राप्त मतनिकटतम प्रतिद्वन्द्वीनिकटतम प्रतिद्वन्द्वी मत
1बासना थापादैलेख–११२,३७२ (विजयी)रवीन्द्रराज शर्मा (नेकपा एमाले)११,७९६
2सन्तोष सुब्बातेह्रथुम–१११,५६१ (विजयी)भानुभक्त ढकाल (नेकपा एमाले)१०,६८२
3मोहन आचार्यरसुवा–११०,६५६ (विजयी)वसन्त भट्ट (राष्ट्रिय स्वतन्त्र पार्टी)५,५७१
4योगेश गौचन थकालीमुस्ताङ–१३,३०७ (विजयी)इन्द्रधारा डादु विष्ट (नेकपा एमाले)१,८०६
5टेकबहादुर गुरुङमनाङ–१२,४१५ (विजयी)यशोदा गुरुङ (सुवेदी) (नेपाली कम्युनिस्ट पार्टी)४५४
6अभिषेकप्रताप शाहकपिलवस्तु–३१६,०३९ (अग्रता)प्रकाश रजौरिया (राष्ट्रिय स्वतन्त्र पार्टी)१३,०७२
7विष्णुबहादुर खड्कासुर्खेत–११४,९८२ (अग्रता)ध्रुवकुमार शाही (नेकपा एमाले)१०,३२५
8भरतबहादुर खड्काडोटी–११४,७३८ (अग्रता)दीपकबहादुर धामी (नेकपा एमाले)१३,८४५
9खड्कबहादुर बुढाजाजरकोट–११२,३३३ (अग्रता)शक्तिबहादुर बस्नेत (नेपाली कम्युनिस्ट पार्टी)१०,९०४
10धर्मानन्द जोशीदार्चुला–१६,३६३ (अग्रता)गणेश सिंह ठगुन्ना (नेकपा एमाले)६,१३९
11मो. फिरदोश आलमरौतहट–२५,५०३ (अग्रता)किरणकुमार साह (नेपाली कम्युनिस्ट पार्टी)४,५२८
12कुमार लुइँटेलओखलढुंगा–१५,३१८ (अग्रता)विश्वराज पोखरेल (राष्ट्रिय स्वतन्त्र पार्टी)४,२६४
13जनकराज गिरीबाजुरा–१५,०७९ (अग्रता)लालबहादुर थापा (नेकपा एमाले)४,२१५
14प्रकाश सिंह कार्कीसोलुखुम्बु–१२,०९५ (अग्रता)कल्पना राई (नेकपा एमाले)२,०५२

नेकपाले अग्रता लिइरहेका क्षेत्रको ताजा अवस्था

प्रचण्ड नेतृत्वको नेकपाले हालसम्म २ वटा सिट जितेको छ । कालीकोट १ र रुकुमपूर्व १ मा नेकपाले जित निकालेको हो । बाँकी १० स्थानमा यो दलको अग्रता कायमै छ ।  

अग्रता लिइरहेका ६ स्थानमा एमालेसँग टक्कर देखिएको छ भने २ स्थानमा रास्वपा,  ५ स्थानमा कांग्रेस र एक स्थानमा प्रगतिशील लोकतान्त्रिक पार्टीसँग टक्कर देखिएको छ । 

S.N.उम्मेदवारक्षेत्रप्राप्त मतनिकटतम प्रतिद्वन्द्वीनिकटतम प्रतिद्वन्द्वी मत
1महेन्द्रबहादुर शाहीकालीकोट–१११,७३४ (विजयी)नगीन्द्र शाही (नेकपा एमाले)१०,६४७
2पुष्पकमल दाहाल ‘प्रचण्ड’रुकुम पूर्व–११०,२४० (विजयी)लीलामणि गौतम (नेकपा एमाले)३,४६२
3वर्षमान पुनरोल्पा–११३,५५७ (अग्रता)सुदनकुमार वली (नेपाली कांग्रेस)७,७७८
4लेखनाथ दाहाल (राजन)सिन्धुली–२१३,५३३ (अग्रता)आशिष गजुरेल (राष्ट्रिय स्वतन्त्र पार्टी)१२,२०९
5रमेशकुमार मल्लसल्यान–१९,९१६ (अग्रता)ललितकुमार चन्द (राष्ट्रिय स्वतन्त्र पार्टी)८,७१२
6दीननाथ गौतमकाभ्रे–१९,९१५ (अग्रता)गुणराज मुक्तान (नेपाली कांग्रेस)८,६४६
7गोपाल शर्मारुकुम पश्चिम–१७,२७२ (अग्रता)जनार्दन शर्मा (प्रगतिशील लोकतान्त्रिक पार्टी)५,१६०
8भीमबहादुर रावलअछाम–१६,७२४ (अग्रता)दीपकबहादुर साउंद (नेकपा एमाले)६,५५५
9युवराज दुलालसिन्धुपाल्चोक–२४,७४० (अग्रता)वंशलाल तामाङ (नेपाली कांग्रेस)३,७३२
10दीपेन्द्र रोकायाहुम्ला–१४,२३५ (अग्रता)जयपति रोकाया (नेपाली कांग्रेस)२,८८१
11श्यामकुमार श्रेष्ठरामेछाप–१२,७४० (अग्रता)रामचन्द्र खड्का (नेपाली कांग्रेस)२,७११
12धनबहादुर बुढाडोल्पा–१२,०९४ (अग्रता)कर्णबहादुर बुढा (नेपाली कांग्रेस)४२७
IME remit
Bizshala
Muktinath Bikas Bank Limited

श्रम संस्कृति पार्टीको अवस्था

हर्क साम्पांग नेतृत्वको श्रम संस्कृति पार्टीले हाल ५ वटा क्षेत्रमा अग्रता लिइरहेको छ । हालसम्म यो दलले कुनै पनि सिट जित्न सकेको छैन ।  

अग्रता लिइरहेका ५ क्षेत्रमध्ये एउटामा रास्वपाले नै टक्कर दिइरहेको छ भने बाँकी ४ वटा क्षेत्रमा नेपाली कांग्रेसका उम्मेद्वारले पछ्याइरहेका छन् ।  

S.N.उम्मेदवारक्षेत्रप्राप्त मतनिकटतम प्रतिद्वन्द्वीनिकटतम प्रतिद्वन्द्वी मत
1हर्कराज राईसुनसरी–१६,२७९ (अग्रता)गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी)५,३३३
2आरेन राईखोटाङ–१४,७७४ (अग्रता)वीरकाजी राई (नेपाली कांग्रेस)४,३७२
3हस्तराज शेर्मापाँचथर–१४,४९८ (अग्रता)नरेन्द्रकुमार केरुङ (नेपाली कांग्रेस)३,८९१
4ध्रुवराज राईभोजपुर–१३,७७१ (अग्रता)शेरधन राई (नेकपा एमाले)३,३९४
5विनोद नेम्बाङ लिम्बुइलाम–११,७२० (अग्रता)निश्कल राई (नेपाली कांग्रेस)१,७१७
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.