काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको मतगणनामा ५५ प्रतिशत हाराहारीको मतसहित लगातार अग्रता लिइरहेको छ ।
समानुपातिकतर्फ ११० सिट रहेको छ ।
निर्वाचन आयोगका अनुसार शनिवार दिउँसो १ बजेसम्म कुल १ लाख ८९ हजार ५१४ मत गणना भएकोमा रास्वपाले १ लाख ३ हजार ७१५ मत प्राप्त गरेको छ ।
दोश्रो स्थानमा रहेको कांग्रेसले ३१ हजार १७१(१६.४४ प्रतिशत) मत प्राप्त गरेको छ ।
तेश्रोमा रहेको एमालेले २२ हजार २१६(११.७२ प्रतिशत) मत प्राप्त गरेको छ ।
९ हजार ४७७ मतसहित नेकपा चौथो र ५ हजार ७४७ मतसहित श्रम संस्कृति पार्टी पाँचौ स्थानमा छ ।

