काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो समय सबैभन्दा निकट देखिएका महेश बस्नेतले लज्जास्पद हार व्यहोरेका छन् ।
भक्तपुर २ मा एमाले सचिव समेत रहेका बस्नेतलाई रास्वपाका उम्मेद्वार राजीव खत्रीले फराकिलो मतान्तरले जिताएका हुन् ।
खत्री ४२ हजार ३३४ मतसहित जित निकाल्दा महेश बस्नेत १० हजार ९९६ मतमा खुम्चिएका छन् । यसरी हेर्दा खत्रीले बस्नेतलाई ३१ हजार ३३६ मतान्तरले हराएका हुन् ।
यो क्षेत्रमा कांग्रेस उम्मेद्वार कविर राणा ८ हजार ४०१ मतसहित तेश्रो भएका छन् ।

