काठमाण्डौ । गोरखा १ मा रास्वपाका उम्मेद्वार सुधन गुरूङले फेरि अग्रता लिएका छन् । तर, निकटतम प्रतिस्पर्धीसँग निकै कडा टक्कर देखिएको छ ।
ताजा मतपरिणामअनुसार गुरूङले ३९८५ मतसहित अग्रता लिएका हुन् । यसअघि भने उनी पछाडि परेका थिए ।
उनलाई ३८५३ सहित नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले पछ्याइरहेका छन् ।
२२४७ मतसहित नेकपाका उम्मेद्वार हरिराज अधिकारी यो क्षेत्रमा तेश्रो स्थानमा देखिएका छन् ।

