काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले ८ हजार ७८० कित्ता संस्थापक सेयर बिक्री गर्न सूचना सार्वजनिक गरेको हो । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको प्रधान कार्यालय काठमाण्डौ–२ टंगालमा आवेदन दिन सक्नेछन् ।
यदि तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानूनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

