बिहीबार, चैत्र ५,२०८२ 11:45:59
Bizshala
  • बिहीबार, चैत्र ५,२०८२ 11:45:59
Bizshala
Global IME Bank Limited

ऊर्जा मूल्य वृद्धि लम्बिँदा विश्व अर्थतन्त्रमा दबाब बढ्ने IMF को चेतावनी

Hyundai Nepal
ऊर्जा मूल्य वृद्धि लम्बिँदा विश्व अर्थतन्त्रमा दबाब बढ्ने IMF को चेतावनी
Shivam Cement

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले ऊर्जा मूल्यमा लामो समयसम्म हुने वृद्धि विश्व अर्थतन्त्रका लागि जोखिमपूर्ण हुने चेतावनी दिएको छ। यस्तो अवस्था कायम रहेमा विश्वव्यापी मुद्रास्फीति बढ्ने र आर्थिक वृद्धिदर घट्ने IMF को आकलन छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

IMF ले १९ मार्च २०२६ मा जारी गरेको अद्यावधिक जानकारीमा इरान युद्धका कारण ऊर्जा उत्पादन र आपूर्तिमा देखिएको अवरोधलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। IMF की प्रवक्ता जुली कोज्याकका अनुसार युद्धका कारण समुद्री मार्गमार्फत तेल र प्राकृतिक ग्यास ढुवानीमा ठूलो अवरोध आएको छ, जसले कच्चा तेलको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भई प्रतिव्यारेल १०० अमेरिकी डलर नाघेको छ।

IMF को विश्लेषणअनुसार ऊर्जा मूल्यमा १० प्रतिशत वृद्धि एक वर्षसम्म कायम रहेमा विश्वव्यापी मुद्रास्फीति करिब ०.४ प्रतिशत (४० आधार बिन्दु) ले बढ्न सक्छ भने विश्व आर्थिक उत्पादन ०.१ देखि ०.२ प्रतिशतसम्म घट्न सक्छ। कच्चा तेलको मूल्य एक वर्षसम्म १०० डलरभन्दा माथि रहिरहेमा यसको प्रभाव अझ गम्भीर हुने IMF को चेतावनी छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्रवक्ता कोज्याकले युद्धको प्रभाव यसको अवधि, तीव्रता र भौगोलिक फैलावटमा निर्भर रहने बताउँदै आगामी अप्रिल मध्यमा हुने IMF को वसन्त बैठकमा अद्यावधिक विश्व आर्थिक दृष्टिकोणमार्फत विस्तृत मूल्यांकन सार्वजनिक गरिने जानकारी दिइन्।

IMF ले केन्द्रीय बैंकहरूलाई ऊर्जा मूल्य वृद्धिपछि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मुद्रास्फीति ऊर्जामा सीमित रहने वा अन्य क्षेत्रमा फैलिने तथा मुद्रास्फीतिको अपेक्षा स्थिर रहने वा नहुने विषयमा नजिकबाट निगरानी गर्न सुझाव दिइएको छ।

यद्यपि हालसम्म सदस्य राष्ट्रहरूबाट आपत्कालीन वित्तीय सहायता माग नआएको IMF ले जनाएको छ। आवश्यक परे सहयोग गर्न तयार रहेको उल्लेख गर्दै कोषले विभिन्न देशका वित्त मन्त्री र केन्द्रीय बैंकका अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

प्रारम्भिक मूल्यांकन अनुसार यस युद्धले खाडी सहयोग परिषद् (GCC) राष्ट्रहरूको आर्थिक वृद्धिमा सीमित प्रभाव पार्न सक्छ, तर तेल तथा ग्यास निर्यात पुनः सञ्चालन क्षमतामा यसको प्रभाव निर्भर रहनेछ।

ऊर्जा आयातमा निर्भर देशहरूका लागि यो संकटले थप चुनौती सिर्जना गरेको IMF को निष्कर्ष छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.