काठमाण्डौ । सुनचाँदीको भाउ घरेलु बजारमा पुनः घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार लागि तोकेको मूल्यसूचिअनुसार सुनचाँदीको भाउमा गिरावट आएको देखिएको हो ।
शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार तोकिएको छ । यो भनेको अघिल्लो दिन(बिहीबार)को तुलनामा ४ हजार ६०० रुपैयाँले कम हो । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ रहेको थियो । यसरी हेर्दा सुनको मूल्य १.६१ प्रतिशतले घटेको देखिन्छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ । बिहीबार प्रतितोला ४ हजार ८२० रहेको चाँदीको मूल्य तोलामै १५० रुपैयाँले घटेर शुक्रबार ४ हजार ६७० रुपैयाँ कायम भएको हो । यसरी हेर्दा चाँदीको मूल्य ३.११ प्रतिशतले घटेको देखिएको छ ।

