काठमाण्डौ । मन्त्रिपरिषद्को ‘कडा’ निर्णयलगत्तै गृहमन्त्री सुधन गुरुङ सुरक्षा संयन्त्रसँग एक्सन मोडमा देखिएका छन्।
उनले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसँग झण्डै दुई घण्टादेखि बन्द कोठामा छलफल गरिरहेका छन् ।
स्रोतका अनुसार छलफलको केन्द्र जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन र त्यसअन्तर्गत ‘तत्काल एक्सन’ रहेको छ। मन्त्रिपरिषद्ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित चार जनामाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ।
यही पृष्ठभूमिमा आजै पक्राउ प्रक्रिया अघि बढ्न सक्ने संकेत देखिएको छ, यद्यपि आधिकारिक पुष्टि भने भइसकेको छैन।
गृहमन्त्री गुरुङले यसअघि नै “म धेरै बोल्दिन, एक्सनमा जान्छु” भन्दै कडा सन्देश दिइसकेका छन्, जसले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ।

