सरकार र हिन्दू सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
काठमाण्डौ । गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेना नेपालबीच आइतबार जनकपुरधाममा सम्पन्न वार्तापछि १९ बुँदे समझदारी भएको छ। सहमतिसँगै हिन्दू सम्राट सेना नेपालले जारी आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ।जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा चलेको वार्तामा संयुक्त हिन्दू मोर्चाले यसअघि सरकारलाई बुझाएको १३...

