Bizshala
  • शनिबार, चैत्र १४,२०८२ 10:12:00
Bizshala
Global IME Bank Limited

ओली पक्राउपछि एमाले आक्रामकः आकस्मिक बैठक बोलाइयो, आजैदेखि देशभर आन्दोलनको घोषणा

Hyundai Nepal
ओली पक्राउपछि एमाले आक्रामकः आकस्मिक बैठक बोलाइयो, आजैदेखि देशभर आन्दोलनको घोषणा
Shivam Cement

काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाउँदै विरोधका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार आज बिहान साढे ८ बजे बस्ने बैठकले ओली पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्नेछ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

एमाले महासचिव शंकर पोखरेलको पहलमा बोलाइएको उक्त बैठकपछि देशव्यापी प्रदर्शनको विस्तृत रूपरेखा सार्वजनिक गरिने बताइएको छ। बस्नेतले अध्यक्ष ओलीको पक्राउलाई ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रहको परिणाम’ भन्दै त्यसविरुद्ध आन्दोलनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् दिएको प्रतिक्रियामा नेपाल विगतमा राजनीतिक बन्दी नभएको उदाहरणीय देश रहे पनि पछिल्ला घटनाक्रमले लोकतान्त्रिक अवस्थामाथि प्रश्न उठाएको उल्लेख गरेका छन्। बस्नेतले बालेन नेतृत्वको सरकारद्वारा पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुले देशमा द्वन्द्वको अवस्था सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

जेनजी आन्दोलन दमन गरेको आरोपमा ओली र लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो। उक्त घटनाप्रति प्रतिक्रिया जनाउँदै बस्नेतले प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। उनले सरकारी सम्पत्ति र सुरक्षामा कमजोर देखिएको प्रहरी अहिले राजनीतिक नेताहरूलाई पक्राउ गर्न ठूलो संख्यामा परिचालन भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

एमालेले यस घटनालाई लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघातका रूपमा व्याख्या गर्दै आजदेखि नै देशभर विरोध प्रदर्शन सुरु गर्ने तयारी गरेको छ। पार्टीले सचिवालय बैठकपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.