Bizshala
  • शनिबार, चैत्र १४,२०८२ 07:56:39
Bizshala
Global IME Bank Limited

अन्ततः पक्राउ पर्ने भए ओली, कागजातसहित गुण्ड पुग्यो प्रहरी

Hyundai Nepal
अन्ततः पक्राउ पर्ने भए ओली, कागजातसहित गुण्ड पुग्यो प्रहरी
Shivam Cement

काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियन्त्रणमा लिन प्रहरी टोली भक्तपुरको गुण्डुस्थित निवास पुगेको छ। आवश्यक कागजातसहित पुगेको प्रहरी टोलीले पक्राउ प्रक्रिया अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ।

निवासमा रातभर एमालेका नेता-कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो। बिहानतिर प्रहरी टोली पुगेपछि बाहिर पनि समर्थकहरूको भीड झनै बढेको देखिएको छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

ओलीसँगै निवासमा रहेकी एमाले नेतृ रामकुमारी झांक्रीका अनुसार प्रहरी आवश्यक कागजात लिएर पुगेको हो। “उहाँहरू कागजातसहित आउनुभएको छ, बा राति करिब २ बजे मात्र सुत्नुभएको हो, केहीबेर आराम गर्न दिएका छौं,” उनले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिइन्।

सरकारले जेनजी आन्दोलन दमनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि यो प्रक्रिया अघि बढेको हो। निर्णयसँगै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए।

प्रहरीले सुरुमा लिखित आदेश मागेपछि मध्यराति कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानालाई प्रहरी प्रधान कार्यालय बोलाइएको थियो। छलफलपछि उनले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै लिखित आदेश तयार पारेका थिए।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यसपछि मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत कारबाही सिफारिस गर्दै जरुरी पक्राउ पुर्जी जारी गरिएको स्रोतले जनाएको छ। ती दफाअनुसार लापरबाही वा हेलचेक्र्याइँका कारण ज्यान जाने कसुरमा अनुसन्धान अघि बढाइनेछ।

जेनजी आन्दोलनका क्रममा २३-२४ भदौमा भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई बुझाइएको थियो। प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नभए पनि त्यसका केही अंश भने बाहिरिइसकेका छन्।

ओलीलाई नियन्त्रणमा लिने प्रक्रियासँगै देशको राजनीतिक अवस्था थप तातिने संकेत देखिएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.