काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेसँगै पार्टी कार्यकर्ताहरू विरोधमा सडकमा उत्रिएका छन्।
काठमाडौंका प्रमुख सडकहरूमा अहिले एमाले समर्थकहरूको प्रदर्शन जारी छ। विशेषगरी चाबहिल क्षेत्रमा कार्यकर्ताहरूले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै आन्दोलनलाई तीव्र बनाएका छन्।
आज बिहानै भक्तपुरको गुण्डुबाट पक्राउ परेका ओलीको तत्काल रिहाइको माग गर्दै प्रदर्शन भइरहेको हो। आन्दोलनका कारण राजधानीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।



