बुधबार, असार १७,२०८३ 11:46:51
Bizshala
  • बुधबार, असार १७,२०८३ 11:46:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गृहमन्त्रीको खुलासा: 'जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको पैसाको अनुसन्धानका लागि दीपक खड्का पक्राउ परेका हुन्'

Laxmi Sunrise Bank Limited
गृहमन्त्रीको खुलासा: 'जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको पैसाको अनुसन्धानका लागि दीपक खड्का पक्राउ परेका हुन्'

काठमाण्डौ । पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काको पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक भएको छ। 

गृहमन्त्री सुधन गुरुङले खड्कालाई नियन्त्रणमा लिनुको मुख्य कारण ‘जेनजी आन्दोलन’का क्रममा उनको निवासबाट बरामद भएको नगदको अनुसन्धान रहेको खुलासा गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

गृहमन्त्री गुरुङले पक्राउ पुर्जी सार्वजनिक गर्दै भनेका छन्, “गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको हो।” यससँगै खड्का पक्राउबारे फैलिएका विभिन्न अड्कलबाजीबीच सरकारको स्पष्ट सन्देश आएको छ कि यो कदम प्रत्यक्ष रूपमा आर्थिक अनुसन्धानसँग जोडिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार खड्कालाई आइतबार बिहान बुढानीलकण्ठस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि प्रारम्भिक अनुसन्धान सुरु भइसकेको र आवश्यक प्रमाण संकलनको प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘जेनजी आन्दोलन’का क्रममा खड्काको घरमा आगजनी भएको थियो। सो घटनापछि घरभित्र ठूलो परिमाणमा नगद फेला परेको दाबी गर्दै केही भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए। यद्यपि, ती नगदको वास्तविक स्रोत, परिमाण र कानुनी वैधताबारे हालसम्म औपचारिक पुष्टि भइसकेको छैन।

सरकारले अहिले सोही विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको देखिन्छ। स्रोतका अनुसार, बरामद भनिएको रकमको प्रकृति, त्यसको स्रोत र सम्भावित आर्थिक अनियमितताको कोणबाट अनुसन्धान केन्द्रित हुनेछ। यदि प्रमाण पुष्टि भएमा, यो प्रकरण उच्चस्तरीय आर्थिक पारदर्शिता र राजनीतिक जवाफदेहितासँग जोडिने सम्भावना रहेको विश्लेषण गरिएको छ।

गृहमन्त्रीले सार्वजनिक गरेको खड्काविरुद्धको पक्राउ पूर्जी । 
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.