काठमाण्डौ । जेन-जी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते भएको घटनाको सत्यतथ्य उजागर गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने तयारी गरेको छ।
शनिबार सार्वजनिक गरिएको शासकीय सुधार सम्बन्धी कार्यसूचीमा एक हप्ताभित्र उक्त समिति गठन गरिने स्पष्ट उल्लेख गरिएको छ। कार्यसूचीको बुँदा नम्बर ७ अनुसार, समितिलाई घटनासम्बन्धी सम्पूर्ण तथ्य र विवरण सङ्कलन गर्ने, त्यसको विश्लेषण गर्ने तथा जिम्मेवार पक्षको पहिचान गरी तोकिएको समयभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइनेछ।
साथै, समितिले पेश गर्ने प्रतिवेदनका आधारमा आवश्यक थप कानुनी तथा प्रशासनिक कारबाही प्रक्रिया अघि बढाइने पनि सरकारले जनाएको छ।

