काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ८ अर्ब ८१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, एबीसी सेक्युरिटिज र नेपाव स्टक हाउस रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब १ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५४.६० प्रतिशत सेयर खरिद भएको छ भने ४५.४० प्रतिशत सेयर बिक्री भएकोछ ।


