काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आवका लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै गत पुस २१ गते सम्पन्न बैंकको २४ औं वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।
बैंकले चैत १८ गतेदेखि उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।
बैंकले भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गर्न समेत आग्रह गरेको छ ।

